site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ३९ सैनिकसहित दर्जनौँ व्यक्तिको मृत्यु
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

वागादुगु । बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चारवटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकू गरी ८० जनाको मृत्यु भएको सेना र सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

मध्य–नोर्ड क्षेत्रमा सोमबार भएको दुई सबैभन्दा घातक भिडन्तमा दर्जनौंको मृत्यु भएको बताइएको छ ।

सानमातेङ्गा प्रान्तको नोआकामा भएको भिडन्तमा सहायक बल ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्यान्ड (भीडीपी)’का ३३ जना सदस्यको मृत्यु भएको सेनाले शुक्रबार जनाएको छ ।

सेनाको एक वक्तव्यअनुसार उक्त झडपमा करिब ५० जना ‘आतङ्ककारी’ पनि मारिएका छन् र ठूलो परिमाणमा सैन्य सामग्री बरामद गरिएको छ ।

त्यही दिन विद्रोहीहरूले महिनौंदेखि घेरिएको जिबो सहरबाट निस्केपछि नाम्सिगियामा सैनिकहरूको सुरक्षामा रहेको खाद्य आपूर्ति गर्ने समूहमाथि एम्बुस आक्रमण गरिएको थियो ।

सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “एक हप्तामा भएका आक्रमण र प्रतिकारका क्रममा केही हिंसात्मक घटना भएका छन् । आक्रमणमा ‘३१ सैनिक, ४० सवयंसेवक लडाकू र तीन भीडीपी सदस्यको मृत्यु भएको छ भने विद्रोहीतर्फ पनि करिब ५० जनाको मृत्यु भएको छ ।”

आक्रमणपछि हराइरहेका एक दर्जन व्यक्तिको खोजी भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

भीडीपीका एक स्थानीय अधिकारीका अनुसार सोमबार पूर्वी प्रान्त कोमोन्डजारीको गयारीमा तेस्रो आक्रमण भएको थियो जसमा चारजना स्वयंसेवकको मृत्यु भएको थियो ।

पश्चिमको बोलुक्ले डु मौहोन क्षेत्रको टिया क्षेत्रमा पनि मंगलबार सैनिकमाथि आक्रमण भएको थियो ।

“दुर्भाग्यवश युद्धका क्रममा आठ सैनिकलाई घातक चोट लागेको छ र अन्य नौजना सामान्य घाइते भएका छन्,” सेनाले भनेको छ । उक्त भिडन्तका क्रममा ३० भन्दा बढी ‘विद्रोही’ मारिएका छन् ।

सन् २०१५ मा मालीमा भएको जिहादी विद्रोहसँग जुधिरहेको विश्वकै सबैभन्दा गरिब राष्ट्रमध्येको एक बुर्किनामा अहिलेसम्म १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ ।

द्वन्द्वका क्रममा कम्तीमा २० लाख मानिस विस्थापित भएका छन् ।

विद्रोहलाई फिर्ता लिन असफल भएकोमा सेनाभित्रको आक्रोशले बुर्किना फासोमा गत वर्ष दुईपटक सैन्य विद्रोहसमेत भएको थियो । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro