site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला सांसदको अभिव्यक्तिले संसद्‍को गरिमा बढेको छ : कानुनमन्त्री
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्‍मा महिला सांसदहरूले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् । शुक्रबार संसद् भवनमा आयोजित 'संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका' विषयक कार्यक्रममा मन्त्री गुरुङले महिला सांसदहरूले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।

उनले महिलाहरूले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । सांसदहरूले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित धारणा राख्दा संसद्को गरिमा बढ्ने उनको भनाइ छ । 

"महिला माननीयज्यूहरूको भूमिकाले संसद् तिखारिँदै गएको छ । अझै पनि उहाँहरूको भूमिकाले तिखारिँदै जाने छ जस्तो मलाई लाग्छ । कहिलेकाहीँ हामीले बोल्दा पछि पश्चताप लाग्छ, छेउ न टुप्पोको कुरा बोलेँ कि जस्तो मलाई पनि लाग्छ, पश्चताप हुन्छ । तर, महिला दिदीबहिनीहरूले राम्रो कुरा बोल्नु हुन्छ । गम्भीर कुरा गर्नुहुन्छ, मेहनत गरेर बोल्नुहुन्छ," उनले भने ।

मन्त्री गुरुङले संसद्‍मा बोल्दै गर्दा विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसद्‍मा तेस्रोपटक आए पनि आफू संसद्को विद्यार्थी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro