site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने
SkywellSkywell

सियोल । दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ ।

दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो ।

Dabur Nepal
NIC Asia

साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी १ मा वर्षवृद्धि गर्ने चलन थियो । नयाँ कानुन अभ्यासमा आएसँगै यो गणना गर्ने पद्धति पनि खारेज भएको छ ।

राष्ट्रपति यून सङ योलले आफ्नो चुनावी प्रतिवद्धता अनुसार परम्परागत उमेर गणना विधिलाई हटाइएको हो । उहाँले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए ।

ती परम्परागत उमेर गणनाका विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनु परेको’ उनले बताए ।

यस विधिले बिमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए । रासस/एपी

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu