site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजीबाट स्वास्थ्य बिमा हटाउने नीतिबाट सरकार पछि नहट्ने, बोर्ड भन्छ– ठिक होइन
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले लगातार दुईवटा बजेटमा निजी अस्पतालाई स्वास्थ्य बिमा कार्यक्रम नदिने नीति लिएको छ । चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गर्ने घोषणा गरिएको थियो । 

आगामी आर्थिक वर्ष २०८०/०८१  का लागि ल्याएको बजेटमा पनि बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट मात्रै सञ्चालन गरिने उल्लेख छ । 

बुधबार राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बिमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनाइसकेको बताए ।

“निजी अस्पताल र मेडिकल कलेजहरूलाई अब स्वास्थ्य बिमा दिने कि नदिने ? लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको छ,” मन्त्री बस्नेतले भने ।

कतिपय निजी अस्पतालहरूले बिरामीको नक्कली कागजात बनाएर बढी शोधभर्ना रकम दाबी गर्ने गरेकाले नियन्त्रण गर्न निजीलाई नदिने धारणा बनाएको उनको तर्क छ । 

अहिले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेका ४६० वटा स्वास्थ्य संस्थामध्ये ५० वटा निजी अस्पताल छन् । चालु आर्थिक वर्षको बजेट भाषणपछि ६ वटा मेडिकल कलेजले बिमा कार्यक्रम स्थगित गरेका छन् । 

बाँकी निजी अस्पतालहरूले सम्झौताबमोजिम सेवा दिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ । बोर्डमा २०० वटा निजी अस्पतालले बिमा कार्यक्रम सञ्चालनका लागि निवेदन दिएका छन् । 

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला भने निजी र सरकारी भनेर सेवा प्रदायकहरूलाई भेदभाव गर्न नहुने बताउँछन् । 

“हुन त सरकारले निर्णय नै गरेको अवस्थामा बोर्डले कार्यान्वयन गर्नैपर्छ । तर, अहिले हाम्रा सबै सरकारी अस्पतालहरूमा पर्याप्त सेवा सुविधा नभइसकेको अवस्थामा निजीबाट हटाउने बेला भएको छैन भन्ने लाग्छ,” बसौला भन्छन् । 

निजी अस्पतालहरू अहिले पनि रिफरल सेन्टरको रूपमा मात्रै रहेकाले उनीहरूकै कारण बिमा कार्यक्रममा समस्या आएको तर्कमा बसौला सहमत छैनन् । 

“शोधभर्ना रकम बढी दाबी गरे बोर्डले बलियो मनिटरिङ गर्न सक्छ । त्यसका लागि बोर्डलाई जनशक्ति थप गरिदिए पुग्छ । तर, निजी अस्पतालबाट हटाउनु चाहिँ समाधान होइन,” उनले थपे ।

स्वास्थ्य बिमा कार्यक्रममा अहिले ७० लाख नागरिक आबद्ध छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro