site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासुमाथि वकिलले ‘आक्रमण’ गरेपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जिल्ला अदालत ललितपुरकी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ मा बस्दै आएका अमिर लामिछाने छन् ।

बुधबार अपराह्न करिब साढे ४ बजे वकिल लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ललितपुर प्रहरी स्रोतका अनुसार लामिछानेले अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका थिए । विवादपछि उनले हातपात गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इजलासबाट भएको आदेश हेर्न पाउनुपर्ने भन्दै लामिछानेले फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नासु तामाङले फाइल दिन मानिनन् । प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने उनले जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले हातपात गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

लामिछानेले हातपात गर्दा नासु तामाङको ओठमा सामान्य चोट लागेको थियो । लगत्तै उनलाई स्थानीय मेडिकलमा लगिएको थियो । स्वास्थ्य परीक्षणपछि तामाङ दैनिक जीवनयापनमा फर्किइसकेकी छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा कारबाही अघि बढाउने तयारी गरेको छ । म्याद थपका लागि उनलाई भोलि जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेस गरिने प्रहरीले जनाएको छ ।

“अभद्र व्यवहारमा मुद्दा चलाउँछौँ । आज सार्वजनिक बिदा भयो, म्याद थपका लागि भोलि जिल्ला प्रशासन कार्यालयमा पेस गर्छौँ,” प्रहरी स्रोतले बाह्रखरीसित भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro