site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार्टर्ड एकाउन्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेसा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीएको पढाइले विभिन्न संस्कृति र व्यावसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेनको काम महत्वपूर्ण हुँदै गएको उनले बताए । चार्टर्ड एकाउन्टेन पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“विभिन्न संस्कृति र व्यावसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नु पनि उत्तिकै महत्वपूर्ण छ,” उनले भने, “नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रस्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेसाको लागि राम्रो र सम्भावना छ ।”

Global Ime bank

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउन्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !