site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवहेलना मुद्दामा कोसीका सामाजिक विकासमन्त्रीलाई अदालतमा उपस्थित भई जवाफ दिन आदेश
Tiktok banner adTiktok banner ad

विराटनगर । उच्च अदालत विराटनगरले कोसी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

बुधबार उच्चका न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले मन्त्री राजभण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दामा असार २० गते बिहान ११ बजे अदालतमा उपस्थिति भई लिखित जवाफ पेस गर्न आदेश दिएका हुन् ।

मंगलबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।

निवेदक उच्च अदालतका रजिष्टार जितेन्द्रबाबु थपलियाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हेमराज पराजुली, डिल्लीबहादुर कार्की, हेमराज पन्त, अधिवक्ताहरू शिवप्रसाद आचार्य, देवेन्द्र कोइराला र विश्वराम भट्टराईले पैरवी गरेका थिए ।

न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएपछि राजभण्डारीविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता मुद्दा भएको हो । गत असार १० गते विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको एक कार्यक्रममा मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको आरोप लगाएका थिए ।

न्यायाधीशको नाम किटेर संविधान र कानुनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको थियो ।

कोसी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्ने प्रावधान छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro