site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
देउराली सहकारीको फाइल सीआईबीमा, अध्यक्षलाई पक्राउ पुर्जी जारी हुन सक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । १०० भन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएपछि देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेको छ । मंगलबार सहकारीको फाइल विभागले सीआईबीमा उजुरीको फाइल पठाएको हो ।

यो उजुरी सीआईबीमा पुगेसँगै अब देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई पक्राउ पुर्जी जारी हुन सक्ने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सहकारी विभागले सहकारीले ठगी गरेको भन्ने पत्र पठाएपछि हामीले अनुसन्धान गर्न संस्थाका अध्यक्षलाई सोधपुछको लागि बोलाउँछौँ । प्रारम्भिक अनुसन्धानमा दोषी भए पक्राउ गरी थप कारबाही अगाडि बढाउँछौँ,” अनुसन्धान ब्युरो स्रोतले भन्यो ।

यो सहकारीको सञ्चालक समितिको अध्यक्ष रविन्द्र चौलागाईं, उपाध्यक्ष अस्मिता खत्री, सचिव सुमन महर्जन र कोषाध्यक्षम मनोहर बस्नेत रहेका छन् ।

Global Ime bank

त्यसैगरी सदस्यहरू राजु महर्जन, आशालाल महर्जन र गोभरधन थापा रहेका छन् ।

देउरालीले लाखौ रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ता माइतीघरमा धर्ना बसिरहेका छन् । उनीहरूका अनुसार यो सहकारीले विभिन्न हाउजिङ, घरजग्गा र सेयरमा लगानी गरेको छ । सहकारीले बचत फिर्ता नगरेको भन्दै ५८ जनाले वाग्मती प्रदेश सहकारी महाशाखामा उजुरी दिएका थिए ।

यो सहकारीले २०७६ लाखदेखि अडित रिपोर्ट उपलब्ध नगराएको महाशाखाले बताएको छ । सहकारीलाई महाशाखाले प्रत्येक वर्ष अडिट रिपोर्ट बुझाउन भन्दै आएको भए पनि यो संस्थाले भने बेवास्ता गरेको सह–रजिस्टार रोहित पोखरेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय