site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साँघुरिँदै संसद्को अंकगणित : आठ सांसदको समर्थन गुम्यो भने संकटमा पर्छ सरकार !

काठमाडौं । जनमत पार्टीले बजेटको विपक्षमा उभिने निर्णय गरेको छ । जनमत पार्टीको निर्णयसँगै सरकारको समर्थन पनि घट्ने संकेत देखिएको छ ।

गत चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्रीलाई १७२ सांसदको समर्थन प्राप्त भएको थियो । नेकपा (एमाले), राप्रपा र रास्वपाले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिएका प्रधानमन्त्री दाहाललाई त्यसबेला रास्वपाले पुनः विश्वासको मत दिएको थियो ।

पुरानै मन्त्रालय लिएर सरकारमा सहभागी हुने प्रस्तावमा सहमति जुट्न नसकेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । उसले फिर्ता लिएपछि प्रधानमन्त्रीले २१ सांसदको समर्थन गुमाएका छन् । विश्वासको मत दिएको समयमा २० सिट रहेको रास्वपा उपचुनावबाट २१ सिट भएको छ ।

बजेटमा विमति राख्दै सरकारलाई विश्वासको मत दिएको जनमत पार्टी पनि सरकारका विपक्षमा उभिएको छ । उसको संसद्मा ६ सिट छ । जनमतको समर्थन फिर्ता हुँदा प्रधानमन्त्रीले विश्वासको मत पाएका २७  सांसदको समर्थन गुमाउने छन् । योसँगै सरकारको पक्षमा १४५ मत रहने छ ।

दोस्रोपटक विश्वासको मत लिँदा ‘कम्फर्टेबल मेजोरिटी’मा रहेको सरकार अब भने झिनो बहुमतमा पुगेको छ । २७५ सांसदको प्रतिनिधिसभामा सरकारलाई बहुमत कायम राख्न १३८ मत आवश्यक हुन्छ । १४५ मतको समर्थन रहेको सरकार अरु आठ मत गुमाएमा संकटमा पर्नेछ ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले पनि असहमति राखेका थिए । उनीहरुमध्ये एउटा मात्र पार्टीले मात्र समर्थन फिर्ता लिएमा सरकार संकटमा जाने अवस्था छ ।

नेकपा एससँग १० सांसद छन् । उनीहरुले समर्थन फिर्ता लिएमा सरकारसँग १३५ सांसदको मात्र समर्थन बाँकी रहन्छ र सरकार ढल्छ । नेकपा एसको समर्थन रहेकै अवस्थामा पनि १२ सांसद रहेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएमा त सरकारसँग १३३ सांसदको मात्र समर्थन बाँकी रहन्छ र सरकार संकटमा पर्छ ।

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चार÷चार सिट रहेको छ । यी दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने पनि सरकार ढल्ने अवस्था छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro