देश
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश ठूला नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कन्काई नदीमा पानी सतह उल्लेख्य रुपमा बढ्ने छ । भोलिदेखि भने अधिकांश ठूला नदीमा बाढीको सम्भावना रहेको छ ।
आज भने कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ०९:२९
प्रतिक्रिया दिनुहोस्