site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कराते खेलाडी सुमन अमेरिका प्रस्थान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कराते खेलाडी सुमन तिमल्सिना यूएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन मंगलबार अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, यूएसएको आयोजनामा जुन २९ देखि जुलाई १ सम्म हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा चुनौती प्रस्तुत गर्नेछन् । फ्लोरिडाका लागि हवाइ टिकट हात्तीसारस्थित नमस्ते टुरिजम एन्ड होलिडेज प्रा.लि. ले प्रायोजन गरेको सुमनले जनाएका छन् ।

सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँ एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण पदक जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय