site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ : सांसद पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकताअनुसार सच्याएर भएपनि पास गर्ने बताएका छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले संसद्बाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भएपनि बजेट पास गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानुनी रूपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए । उनले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकामान्तर गरेर भएपनि बजेट पास गर्नुको विकल्प नभएको बताए ।

उनले भने, "सरकारले बजेट पास नगर्दा नैतिक दबाब गर्छ । गठबन्धनले बजेट पास गर्छ । प्रश्न उठेका ठाउँमा सरकारले सम्भवभएसम्म कानुनी रुपले बजेटलाई सच्याएर पास भएर अघि बढ्छ । बजेट संशोधन हुँदैन भन्ने कुरा होइन । बजेटमा परेका आयोजना र योजनाहरूमा बजेट रकामान्तर गरेर बजेट थप्ने कुरा आवश्यक पर्दा विधेयकका कतिपय विषयहरू पनि सच्याउने कुरा आफैँ विधेयक भएकाले सच्याउन सकिन्छ ।"

Global Ime bank

उनले गठबन्धनभित्रका केही सांसदहरूले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे । उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए ।

अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताए । बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समीकरण बनाउने निर्णय नगरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC