site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी नदीमा छ आज बाढीको जोखिम 
फाइल तस्बिर

काठमाडौं । आगामी तीन दिन देशका अधिकांश ठूला नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

आज सिन्धुपाल्चोक, रसुवा, गोराखा, लम्जुङ, कास्की पर्वत, बाग्लुङ भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिम रहेका महाशाखाले जनाएको छ । बाढीको जोखिम रहेकाले सतर्क रहन स्थानीयलाई महाशाखाको आग्रह छ । 

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro