site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शशांक कोइराला
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए ।

KFC Island Ad
NIC Asia

उनले भने, “सम्भवतः नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन ।”

उनले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे । उनले १५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ ? भन्नेकुराको टुंगो लाग्ने बताए । उनले १५औँ महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताए ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro