site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायो : सांसद पाण्डे
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भए पनि सोअनुसारको बजेट विनियोजन हुन नसकेको बताएका छन् ।

आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरुलाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताए । आफूहरु सत्तापक्षको भए पनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रकेन्द्रित बजेट ल्याएकाले कुनै पनि हालतमा पास गर्न नसकिने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ससद्बाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने उनले बताए । मन्त्रीले सांसदहरुलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै उनले बजेट निर्माणमा सांसदहरुको भूमिका हुनुपर्ने बताए । बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको उनको आरोप छ ।

प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्र्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ११० करोड जाने तर अन्य सांसदहरुको क्षेत्रमा बजेट कम जाने प्रवृत्तिको अन्त्य गर्न पनि बजेट पास गर्न दिन नहुने उनले बताए । १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने उनले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement