site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डले ओमानलाई दियो ३२१ रनको लक्ष्य

काठमाडौं । ब्रान्डन म्याकमुलमको शतकप्रेरित स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप छनोटमा ओमानविरुद्ध ३२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार जिम्बाब्वेको बुलावाओ एथ्लेटिक क्लबमा टस हारेपछि ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रनको योगफल खडा गर्यो ।

Dabur Nepal
NIC Asia

स्कटल्यान्डका म्याकमुलमले १३६ रन बनाए । उनले १२१ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । कप्तान रिची बेरिंटनले ६० रन बनाए । टोमस म्याकिन्टोसले ३२, म्याथ्यु क्रसले २७, मार्क वाटले २५ र मिचेल लियस्कल ११ रन बनाए ।

ओमानका बिलाल खानले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका खानले दुई मेडन राख्दै ५५ रन खर्चिए । फयाज बटले दुई र जय ओडेड्राले एक विकेट लिए ।

छनोटको समूह ‘बी’मा रहेको स्कटल्यान्डको यो तेस्रो र ओमानको चौथो खेल हो ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro