site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेयर बालेनविरुद्धको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको थियो ।

उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उनले समाजिक सञ्जालमा ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ लेखेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro