site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसमा अचानक चर्कियो आन्तरिक द्वन्द्व
तस्बिर : रोयटर्स ।

काठमाडौं । रुसमा अचानक आन्तरिक द्वन्द्व चर्किएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोमा आपत्कालीन टेलिभिजन सम्बोधनका क्रममा रुसलाई गृहयुद्धमा फस्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुसी निजी सैन्य कम्पनी वाग्नरका नेता येभगेनी प्रिगोजिनले युक्रेन युद्धका लागि प्रमुख रुसी सैन्य मुख्यालय कब्जा गरेका छन् ।

प्रिगोजिनले रुसी सेनाविरुद्ध विद्रोहको आह्वान गरेका छन् । तर, उनले ‘कू’ गर्न खोजेको विषय अस्वीकार गरेका छन् ।

Dabur Nepal
NIC Asia

वाग्नरले युक्रेनको सीमानजिकैको रुसी सहर रोस्तोभ आफ्नो नियन्त्रणमा ल्याएको र नागरिकलाई घरभित्रै बस्न भनिएको बताएको छ ।

बीबीसीको रुसी स्रोतले पनि वाग्नरका सैनिकले रोस्तोभको सैन्य सुविधा कब्जा गरेको बताएका छन् ।

प्रिगोजिनले रुसी रक्षामन्त्रीलाई नभेटेसम्म मस्कोमा मार्च गर्ने धम्की दिएका छन् । बेलायतले वाग्नर सेना राजधानी मस्कोतर्फ अघि बढिरहेको जनाएको छ ।

प्रिगोजिनले सेनाले आफ्ना वाग्नर सेनामाथि घातक आक्रमण गरेको आरोप लगाएका छन् । वाग्नर सेना युक्रेनविरुद्ध लडिरहेको थियो ।

तनाव बढेसँगै पुटिनले प्रिगोजिनलाई विश्वासघात र देशद्रोह गरेको भन्दै सजाय दिने घोषणा गरेका छन् । प्रिगोजिनले भने पुटिनको आरोप अस्वीकार गरेका छन् ।

प्रिगोजिन कुनै बेला पुटिनका निकट सहयोगी हुन् । पछिल्लो समय युद्धमा उनी पुटिनको निर्णयप्रति असन्तुष्ट रहेको टीकाटिप्पणी हुँदै आएको थियो ।

मस्कोका मेयरले स्थिति कठिन रहेको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोमा ‘काउन्टर आतंकवादी अपरेसन’ शासन घोषणा गरिएको बताउँदै जोखिम कम गर्न सोमबार बिदा दिएका छन् ।

पुटिनले देशभर सबै कमान्डरसँग कुरा गरेको बताएका छन् । उनले सबैलाई आफ्नो स्थिति बलियो बनाएर राख्न र गौरवपूर्ण तरिकाले लड्न भनेका छन् ।

पुटिनले आज रुस नवनाजी र तिनका ‘ह्यान्डलर’को आक्रामकतालाई पन्छाउँदै आफ्नो भविष्यका लागि कठोर रूपमा लडिरहेको बताएका छन् । पश्चिमाका सम्पूर्ण सैन्य, आर्थिक र सूचना ‘मेसिन’ रुसविरुद्ध निर्देशित रहेको उनको जिकिर छ ।

हजार वर्षको इतिहास भएको राज्य जनताको जीवन र सुरक्षा, सार्वभौमिकता र स्वतन्त्रताका लागि लडिरहेको पुटिनको भनाइ छ ।

उनले ‘भ्रममा परेर देशभित्रै विद्रोहमा लागेका’हरूलाई समेत लडाइँ नगर्न आग्रह गरेका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro