site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टिमले गर्विलो प्रदर्शन गर्‍यो : कप्तान किरण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतियोगिताबाट बाहिरिँदा दुःखी रहे पनि टिमले गर्विलो प्रदर्शन गरेको नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले बताएका छन् । शनिबार साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

घरेलु टिम भारतसँग २–० ले पराजित भएसँगै साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारत भने समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
शनिबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र महेशसिंह नाओरेमले एक/एक गोल गरेका थिए । हारपछि पोस्ट म्याच प्रेजेन्टेसनमा कप्तान किरणले नजिताबाट दुःखी रहे पनि टिमले गर्विलो प्रदर्शन गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो नजिताले हामी बाहिरियौँ । तर, मेरा केटाहरूले गर्विलो प्रदर्शन गरे । नेपाली टिममा धेरै नयाँ खेलाडी छन्, उनीहरूले अनुभवी खेलाडीविरुद्ध राम्रो खेल प्रस्तुत गरे । म हाम्रो टिम प्रतियोगिताबाट बाहिरिँदा दुःखी छु । तर, मेरो टिमका केटाहरूले देखाएको प्रदर्शनदेखि गर्विलो महसुस गरिरहेको छु,” किरणले भने ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो । नेपालले अब मंगलबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय