site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समूह चरणबाटै बाहिरियो साविक उपविजेता नेपाल (तस्बिरहरू)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । घरेलु टिम भारतसँग २–० ले पराजित भएसँगै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारत भने समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र महेशसिंह नाओरेमले एक/एक गोल गरे । पहिलो हाफमा भारतलाई रोक्न सफल नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो ।

खेलको ६२औँ मिनेटमा सुनीलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ७०औँ मिनेटमा महेशसिंह नाओरेमले गोल गर्दै भारतलाई २–० को सहज अग्रतामा पुर्‍याएका थिए । भारतको यो जितसँगै कुवेत पनि समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गर्‍यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

खेलमा नेपालले गोलका केही सुन्दर मौकाको सदुपयोग गर्न सकेन । आक्रमणको रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट ‘मुभ’ बनाउन सफल रह्यो । १८औँ मिनेटमा लाकेन लिम्बूले प्रहार गरेको कर्नर भारतीय रक्षकबाट हेडर क्लियर हुँदा एरिक विष्टले १८ यार्ड बक्सबाट गरेको भली भारतीय गोलकिपर गुरप्रित सिंहले मुस्किलले बचाए ।

३४औँ मिनेटमा मनीष डाँगीले राइड साइटबाट निकालेको क्रसलाई विमल घर्तीमगरले नभेट्टाउँदा नेपालले गोलको अर्को सुनौलो मौका गुमायो । ३६औँ मिनेटमा मनीषले नै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले गुरप्रित सिंहलाई अफ्ठ्यारोमा पार्न सकेन ।

Royal Enfield Island Ad

सनीष श्रेष्ठले ४४औँ मिनेटमा राइट साइडबाट गरेको क्रस आयुश घलानले नभेट्टाउँदा नेपालले अग्रताको अर्को सुनौलो मौका गुमायो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

f51687622430.jpg

f61687622430.jpg

f21687622428.jpg

f31687622428.jpg

f71687622427.jpg

f11687622427.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro