site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटै प्रदेशमा बिहानैबाट वर्षा, वाग्मतीसहित चारवटा प्रदेशमा दिउँसो र राति भारी वर्षा हुने
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

हिजोबाट मनसुन देशभर फैलिएको छ । यो वर्ष औसत समयभन्दा एकदिन ढिलोगरी मनसुन देशभर फैलिएको हो । जेठ ३१ गते यो वर्ष मनसुन नेपाल भित्रिएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro