site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरीमा डुबेर दुई बालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । 

पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली केहीबेर अघिमात्रै घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro