राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नयाँ विमानस्थल थप्नुभन्दा पनि भएका विमानस्थललाई सञ्चालन गर्नमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न मन्त्रालयमाथिको विनियोजित बजेटको शीर्षकमा भाग लिँदै भट्टराईले ५५ विमानस्थलमध्ये केही सञ्चालनमा नरहेको भन्दै नयाँ थप्नेभन्दा पनि सञ्चालनमा नरहेका विमानस्थललाई सञ्चालन गर्न ध्यान दिनुपर्ने बताए ।
नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थप्न खोजिएको भन्दै उनले आवश्यकता र औचित्यका आधारमा मात्रै नयाँ विमानस्थलका बारेमा निर्णय लिन सुझाव दिए ।
त्यस्तै, उनले भएका आन्तरिक विमानस्थलको स्तरोन्नतिमा ध्यान दिन आग्रह गए ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्