site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् जोखिम न्यूनीकरण गर्न ‘कचहरी’

राँझा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ ।

कारितास नेपाल र सीआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा कचहरी नाटक प्रदर्शन गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका–१ देखि पाँचसम्मका १५ स्थान र डुडुवा गाउँपालिकाका तीन वटा वडाका नौ स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।

“विपद्सम्बन्धी सचेतना जगाउने अभियानअन्तर्गत कचहरी प्रदर्शन गरेका हौँ”, थापाले भने, “कचहरी नाटक सर्वसाधारले चासोका साथ हेर्ने गर्नुभएको छ ।” समाजसेवा संस्थाले बाँकेमा विभिन्न सामाजिक विषयवस्तुमा काम गर्दै आएको छ । 

कचहरी नाटकमार्फत कलाकारले स्थानीयले बुझ्ने गरी बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक जानकारी प्रस्तुत गर्नुभएको डुडुवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष झंकबहादुर थापाले बताए । नाटकमार्फत प्रस्तुत गरिएका जानकारी निकै प्रभावकारी देखिएका उनको भनाइ थियो ।

वडाध्यक्ष तापाले वर्षायामको सुरुआतको चरणमा गरिएको यो नाटकबाट सर्वसाधारणलाई विपद् व्यवस्थापनमा सतर्कता अपनाउन सहयोग पुगेको उल्लेख गरे । उनका अनुसार वर्षायाममा बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा बाढी, डुबान, सर्पदंश, वन्यजन्तुको आक्रमणलगायत विपद्का घटना बढी हुने गरेका छन् । रासस 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro