site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ च्याम्पियनसिप : साविक उपविजेता नेपाललाई कुवेतको चुनौती

काठमाडौं । भारतमा आजदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा साविक उपविजेता नेपाललाई आमन्त्रित टिम कुवेतले चुनौती प्रस्तुत गर्दै छ ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल कुवेतविरुद्ध मैदान उत्रिँदा साविक उपविजेताको हैसियत जोगाउने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेकाले पनि कुवेतविरुद्धको नतिजा सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण छ । यो समूहमा नेपाल र कुवेतसँगै साविक विजेता भारत र पाकिस्तान पनि छन् ।

यसपटक दुई बलिया टिम कुवेत र लेबनान पनि आमन्त्रित टिमको रुपमा थपिएकाले यस संस्करण अझ प्रतिस्पर्धात्मक हुने अनुमान छ । नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि यस संस्करणको उपाधि जित्ने दाबी गर्न नसकिने प्रतिकृया दिएका थिए ।

“यसपटक दुई नयाँ टिम थपिएकाले अझ धेरै चुनौती छ । उपाधि जित्छौँ भन्न सक्दिनँ । योजनाअनुसार एक परिवार भएर प्रतिस्पर्धा गर्नेछौँ । सुखद् नजिताका लागि लड्छौँ । उपाधि जित्छौँ भनेर अहिले भन्न सकिँदैन,” कप्तान किरणले भने ।

साफ च्याम्पियनसिप सुरु भएकै तीन दशक पूरा भइसक्यो । सन् १९९३ देखि सुरु भएको प्रतियोगिताका हालसम्म १३ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

च्याम्पियनसिपको हरेक संस्करणमा नेपाल दाबेदारको रूपमा गनिन्छ । तर, च्याम्पियनसिपको सुरुआतदेखि नै दाबेदारमा उभिएको नेपालले हालसम्म उपाधि घर ल्याउन सकेको छैन । यसअघि, सन् २०२१ मा माल्दिभ्समा भएको १२औँ संस्करणको फाइनल पुग्नु नै च्याम्पियनसिपको ३० वर्षे इतिहासमा नेपालले पाएको सबैभन्दा ठूलो सफलता हो ।

यसबाहेक नेपाल एकपटक तेस्रो, दुई पटक चौथो स्थान (सन् १९९५, १९९९) र तीनपटक (२०११, २०१३ र २०१८) सेमिफाइनल प्रवेश गरेको छ ।

च्याम्पियनसिपमा यसपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा सात टिम रहे पनि यसपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिम एक समूहमा चार टिम रहनेगरी दुई समूहमा विभाजित छन् । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । साविक विजेता, उपविजेता र बलियो कुवेतको उपस्थितिलाई हेर्दा यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि मान्न सकिन्छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरभा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro