site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भान्सामा प्याज अत्यावश्यक हो ? यस्ता छन् फाइदा र बेफाइदा
SkywellSkywell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै भारतबाट प्याज आयात घटेको छ । आयात घटेसँगै बजेट घोषणापछि प्याजको मूल्य झन्डै तेब्बरले बढेको छ ।

प्याजको खपत नै कम गरेपछि व्यावसायीले बाध्य भएर मूल्य घटाउने तर्क कतिपयको छ । तर, धेरैले प्याजबिनाको भान्साको पनि अवधारणा अघि सार्न थालेका छन् । मूल्य चर्को भएसँगै ‘भान्सामा यो कति आवश्यक खाद्य हो’ भन्ने बहस पनि हुन थालेको छ ।

मूल्य घटबढको विषय समयानुकूल होला । तर यतिखेर हामी भने चर्चा गर्दै छौँ– प्याज स्वास्थ्यका लागि कति आवश्यक हो त ? के छन् यसका फाइदा, बेफाइदा ?

Dabur Nepal
NIC Asia

काँचो प्याजको कुरा गर्ने हो भने यसमा ८९ प्रतिशत पानी हुन्छ । जसमा १.१ ग्राम (प्रति १०० ग्राम प्याजमा) प्रोटिन पाइन्छ । त्यस्तै, ०.१ ग्राम फ्याट, १.७ ग्राम फाइबर र कार्बोहाइट्रेट ९.३ ग्राम पाइन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, प्याजमा सुगरको मात्रा पनि हुन्छ भनेर । १०० ग्राम काँचो प्याजमा ४.२ ग्राम सुगर पाइन्छ । प्याजमा क्यालोरीको मात्रा निकै न्यून हुन्छ, प्रति १०० ग्राम प्याजमा जम्मा ४० क्यालोरी पाइन्छ । स्वस्थ व्यक्तिमा एक हजार ६०० ग्राम महिला र दुई हजार ग्राम पुरुषका लागि दैनिक क्यालोरी अवश्यक हुन्छ ।

प्याजमा पानीको मात्रा धेरै हुने भएकाले शरीरमा पानीको मात्रा पुर्‍याउन काँचो प्याज खानु उपयुत्त मानिन्छ । उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रण र पाचन प्रक्रियालाई सहज बनाउन पनि काँचो प्याज फाइदाजनक मानिन्छ । तर, यसको खपत भने दैनिक २०० ग्रामभन्दा बढी हुनु हुँदैन ।

यसो भन्दै गर्दा प्याजका केही बेफाइदा पनि छन्, जसले यसलाई हाम्रो भान्साको अत्यावश्यक मसला होइन भन्ने पुष्टि गर्छ । प्याजमा सुगरको मात्रा पनि हुने हुँदा मधुमेहका बिरामीका लागि दैनिक प्याजको उपभोग फाइदाजनक हुँदैन ।

पकाएको प्याजको धेरै प्रयोग ग्यास्ट्राइटिसको कारण बन्न सक्छ । १०० ग्रामभन्दा बढी प्याज नियमित खाने व्यक्तिलाई बान्ता हुने, पेट पोल्ने, चिढचिढापन हुने समस्या देखिन सक्छ । कतिपय व्यक्तिमा प्याजको प्रयोगले छालाको एलर्जी निम्त्याउन सक्छ ।

गर्भावस्थामा प्याजको प्रयोग त्यति उपयुक्त मानिँदैन । प्याजको धेरै प्रयोगले गर्भवतीमा मुटुजन्य समस्या निम्त्याउने र गर्भको शिशुलाई समेत असर पुर्‍याउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

आयुर्वेद विज्ञानले प्याजलाई शरीरका लागि अत्यावश्यक खाद्यमा राख्दैन । आयुर्वेदका अनुसार प्याजले शरीरको तापक्रमलाई आवश्यकताभन्दा बढी गर्मी गराउने हुँदा यसले रिस, चिढचिढापन बढाउँछ भने कुनै पनि काममा एकाग्रताका साथ काम गर्न बाधा पुर्‍याउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu