
काठमाडौं । नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । मंगलबार साँझ एकाएक कुनै पनि सरकारी वेबसाइट खुलेनन् ।
स्थानीय तहदेखि डट जीओभी डट एनपी डोमेन भएका सबै सरकारी वेबसाइट डाउन भएका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले भने विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएको जानकारी दिए ।
उनका अनुसार सिंहदरबाभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर आज बिहान पड्किएको थियो । दिनभरि वैकल्पिक माध्यमबाट काम चलाए पनि अहिले धान्न नसकेपछि सबै वेबसाइट डाउन भएका हुन् ।
"ट्रान्सफर्मर पड्किएर बिहानदेखि नै विद्युत् आपूर्ति भएको थियो । काम चलाएका थियौँ । अहिले समस्या आयो । अब केहीबेरमा बन्छ । हामी सिंहदरबारमै छौँ," बाह्रखरीसँग उनले भने ।