site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वर्णिम वाग्ले भन्छन्– नयाँ स्टक एक्सचेन्जमा चलखेल छ, ब्रोकर लाइसेन्समा आशंका उब्जियो 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए । 

“नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो,” उनले भने, “बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ ।” 

ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ । अर्थशास्त्रीय सिद्धान्त पनि यही भएको भन्दै उनले उत्पादकलाई सुविधा दिनुपर्नेमा जोड दिए । 

अहिले एउटैले लाइसेन्समा राज गर्ने गरेको भन्दै यो अवस्था हटाउनुपर्ने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu