site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्सको जितमा एमबाप्पेको निर्णायक गोल

काठमाडौं । काइलियन एमबाप्पेको गोलमा फ्रान्सले युरोपियन च्याम्पियनसिप–२०२४ को छनोट खेलमा ग्रीसविरुद्ध १–० को जित निकालेको छ । 

मंगलबार स्टेट डे फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमलाई कठिन जित दिलाउन एमबाप्पेले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । एमबाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्स छनोटमा अपराजित छ ।

Dabur Nepal
NIC Asia

छनोटको समूह ‘बी’ मा रहेको फ्रान्स यो जितसँगै तालिकाको शीर्ष स्थानमा छ । फ्रान्सले चार खेलबाट १२ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको ग्रीसले भने तीन खेलबाट ३ अंक जोडेको छ ।

छनोटकै समूह ‘सी’ को खेलमा साविक उपविजेता इंग्ल्यान्डले नर्थ मेसोडोनियाविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक गर्दा ह्यारी केनले दुई र मार्कुस रासफोर्डले एक गोल गरे ।

यो जितसँगै समूह ‘सी’ शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले चार खेलबाट १२ अंक जोडेको छ । तीन खेलबाट तीन अंक जोडेको नर्थ मेसोडोनिया भने तालिकाको चौथो स्थानमा छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro