site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकको गोली लागेर तीन प्यालेस्टाइनीको मृत्यु

रामल्लाह । उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा २१ वर्षीय खालिद असासे, १५ वर्षीय अहमद सक्र र २९ वर्षीय कासम अबु सेरेहको मृत्यु भएको छ भने अन्य ६ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

प्रत्यक्षदर्शीहरूले जनाएअनासर ड्रोन र हेलिकप्टरहरूको समर्थनमा इजरायली सेनाले सहर र छेउछाउको शरणार्थी शिविरमा आक्रमण गरेको र सो क्षेत्रको निरीक्षण गर्ने उच्च भवनहरूको छतमा स्निपरहरू तैनाथ गरिएको थियो।

उक्त शहर र शरणार्थी शिविरमा दर्जनौं प्यालेस्टिनीहरू, लडाकूहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको र गोली र विस्फोटको ठूलो आवाज सुनिएको थियो।

प्रत्यक्षदर्शीहरूले सैनिकहरूले प्यालेस्टिनीहरूलाई गोली हानेको र प्यालेस्टाइनीहरूलाई तितरबितर पार्न पर्कसन ग्रेनेड र अश्रुग्यास पनि प्रहार गरेका थिए भने प्यालेस्टाइनीहरूले सैनिकहरूलाई ढुङ्गा र गोली प्रहार गरेका  थिए ।

साथै इजरायली सेनाको बुलडोजरले सहरको अल(जब्रियत छिमेकमा आपूर्ति गर्ने पानीको  मुख्य पाइपलाई नष्ट गरेको छ । रासस/सिन्ह्वा

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro