site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक रनले शतक चुक्दा अलिकति नराम्रो त लागिहाल्छ नि’
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेलले जिम्बाब्वेविरुद्ध शतक बनाउन एक रनले चुक्दा नराम्रो अनुभव भएको प्रतिकृया दिएका छन् ।

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा आइतबार नेपालले जिम्बाब्वेविरुद्ध खेल्दा कुशल ९९ रनमा आउट भएका थिए ।

KFC Island Ad
NIC Asia

जिम्बाब्वेविरुद्ध नेपालले २९० रनको योगफल खडा गर्दा कुशलले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, नेपालले प्रस्तुत गरेको लक्ष्य जिम्बाब्वेले दुई विकेट गुमाएर पूरा गरेपछि नेपाल आठ विकेटले पराजित भएको थियो ।

खेलपछि नेपाल क्रिकेट संघ (क्यान) को सञ्चारकर्मीसँगको कुराकानीमा कुशलले खेलको अनुभव राम्रो भए पनि एक रनले शतक चुक्दा नराम्रो महसुस भएको बताए ।

Royal Enfield Island Ad

“ओभरअल एक्सपेरियन्स राम्रो भयो । सबैजना एक्साइटेड थिए । हेर्ने हो भने फस्र्ट इनिङमा २९० हाम्रो राम्रो नै टार्गेट बनाएको थियौं । तर, सबैलाई थाहा छ । टेस्ट नेसन टिम हो राम्रो खेलिहाल्छ भन्ने कुरा । उनीहरूले राम्रो खेले । क्रेडिट उनीहरूलाई जान्छ,” कुशलले भने, “अलिकति नराम्रो त लाग्छ । एक रनले गर्दा हन्डे«ड मिस भयो भन्ने लाग्छ । ओभरअल त्यस्तो केही पनि सोचेको थिइन । नेक्स म्याच यूएससँग छ । यूएससँग राम्रो गर्यो भने अगाडि सजिलो हुन्छ जस्तो लाग्छ ।”

छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब मंगलबार (भोलि) अमेरिकासँग खेल्दै छ । समूह ‘ए’ मा नेपालसँगै अमेरिका, जिम्बाब्वे, नेदरल्यान्ड्स दुई पटकको विश्व विजेता वेस्ट इन्डिज छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro