site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जलस्रोत विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा दायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार गरेको अरोपमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ५६ लाख ७७ हजात ३४६ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारको आरोपपत्रमा राजभण्डारीको सरकारी सेवामा २०५१ सालमा प्रवेश गरेदेखि २०७९ सालमा अवकाश प्राप्त गर्दासम्म वैधानिक स्रोत ३ करोड ८५ लाख ५१ हजार ७४० कमाएको उल्लेख छ । तर, उनको सात करोडभन्दा बढीको सम्पत्ति देखिएको अख्तियारको दाबी छ । 

शर्माको स्रोत खुल्न नसकेको सम्पत्ति बराबरको बिगो दाबी गरिएको हो । त्यस्तै, उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम कैद तथा जरिबानाको दाबी गरिएको छ । 

Global Ime bank

राजभण्डारीले सरकारी सेवामा रहेर कमाएको अकूत सम्पत्ति आफ्नो श्रीमती दीपा श्रेष्ठ समेतको नाममा राखेकाले श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय