site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो : उपप्राध्यापक चलाउने

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा पाँच वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए । उनले देशमा न्याय मरेको र मानवता हराएको टिप्पणी गरे ।

आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको उनको गुनासो छ । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताए । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको उनको आरोप छ ।

“म अदालतको चक्कर काटेको पाँच वर्ष भयो । यो देश गुन्डाहरूले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाऊँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो,” उनले भने, “अब म न्याय खोज्न कहाँ जाऊँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ । मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर, सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि संगठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरू विद्यार्थी थिएनन् ।”

आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई ‘बाइपास’ गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको उनले । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको पनि बताए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro