site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दादुुरा १७ जिल्लामा फैलियो, एक हजार २१ जना संक्रमित
फाइल तस्बिर।

काठमाडौं । काठमाडौंसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ ।

स्वास्थ्य  खोप शाखाको तथ्यांकअनुसार आइतबारसम्म १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

Dabur Nepal
NIC Asia

महाशाखाका अनुसार काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो । संक्रमित हुनेमा नवजात शिशुदेखि ३७ वर्षसम्मका व्यक्ति छन् ।

काठमाडौंको गोकर्णेश्वरमा फैलिएको दादुरा संक्रमण भने पूर्णनियन्त्रणमा आएको छ । नगरको वडा नम्बर ९ स्थित ज्योवो कदम्पा विद्यालयका ६४ जनामा देखिएको दादुरा पूर्णनियन्त्रणमा आएको नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुबेदीले बताए ।

सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ । जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक यो खोप लगाउनुपर्छ । एकजना संक्रमितले १८ जनासम्मलाई सार्न सक्ने भएकाले खोप लगाउनु नै दादुराबाट बच्ने प्रमुख उपाय हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro