राजनीति
काठमाडौं । सांसद लिलानाथ श्रेष्ठले संसदीय समिति बने पनि समितिले सभापति नपाएको भन्दै संसद्मा विषय उठाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले समितिले नेतृत्व नपाउँदा नीति नियम बनाउने कार्यमा समस्या भएको जानकारी दिए ।
"हाम्रो मुख्य काम ऐन नियम बनाउनु हो । समिति बने पनि सभापति चयन भएन । जसले महत्वपूर्ण ऐन नियम राष्ट्रिय निजामति ऐन, संघीय प्रहरी ऐन तथा शिक्षा ऐन बन्न सकेको छैन," उनले भने, "यसले स्थानीय तह निमित्तको भरमा चल्नुपरेको छ । यसले बेरूजु बढेको छ । स्थानीय तहको विकास निर्माणमा अवरोध पुगेको छ।"
उनले समिति सभापति तत्काल चयन गर्न माग पनि गरे ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्