देश
विराटनगर । पाँचथरमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अलपत्र अवस्थामा रहेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सोमबार विराटनगरबाट गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत याङवरक गाउँपालिका–१, फेदीमा अलपत्र परेका १२ जनाएको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई स्थानीय विष्णु माविमा सुरक्षित राखिएको छ । उद्धार गरिएकाहरू तीन परिवारका सदस्य हुन् ।
ताप्लेजुङको मेहेले र अरू ठाउँमा पनि हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्