site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा उपलब्ध कुन विद्युतीय गाडीको मूल्य कति ?

काठमाडौं । नेपालमा अहिले विभिन्न ब्रान्डका विद्युतीय गाडी (ईभी) उपलब्ध छन् । खासगरी १०० किलोवाटसम्मका विद्युतीय गाडी नेपाली बजारमा लोकप्रिय छन् । सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमार्फत ५० देखि १०० किलोवाटका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ ।

यसअघि, शून्यदेखि १०० किलोवाटसम्मका गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै तोकिएको थियो । तर, अहिले यो करको दर शून्यदेखि ५० किलोवाटसम्मका विद्युतीय सवारीमा मात्रै लागु छ ।

कर बढे पनि १०० किलोवाटसम्मका विद्युतीय गाडीहरुको मूल्य भने खासै बढेको छैन । विश्वबजारमा नै ईभीको प्रतिस्पर्धा अत्यधिक हुन थालेपछि अब विद्युतीय गाडीहरु सामान्य बन्दै जाँदा मूल्य पनि कम हुँदै जाने सरोकारवाला बताउँछन् ।

यस्तो छ अहिले नेपालीमा बजारमा रहेका ईभीको मूल्यदर

१. टाटा

tata-ev-11687147436.jpg

नेपाली बजारमा अहिले टाटा मोटर्सका नेक्सन र टिगोर ईभी रहेका छन् । नेक्सन ईभीका तीन भेरियन्ट छन् । नेक्सन एक्सएमको मूल्य ३८ लाख ९९ हजार रहेको छ । नेक्सन एक्सजेडप्लसको मूल्य ४० लाख ९९ हजार रहेको छ भने नेक्सन एक्सजेडप्लस लक्जको मूल्य ४२ लाख ९९ हजार छ ।

यस्तै, टाटाको टिगोर ईभी चार भेरियन्टमा उपलब्ध छ ।

टिगोर एक्सईको मूल्य २९ लाख ९९ हजार रहेको छ । टिगोर एक्सएमको मूल्य ३१ लाख ४९ हजार छ । टिगोर एक्सजेडप्लसको मूल्य ३२ लाख ९९ हजार रहेको छ भने टिगोर एक्सजेड प्लस डीटीको मूल्य ३३ लाख ४९ हजार रहेको छ ।

केही समयअघि टाटाले नेपाली बजारमा नेक्सन ईभी म्याक्स पनि सार्वजनिक गरेको थियो । यसको सुरुआती मूल्य ४६ लाख ४९ हजार तोकेका थियो ।

२. बीवाईडी

byd-ev-21687147418.jpeg

नेपाली बजारमा हाल बीवाईडीका पाँचवटा विद्युतीय गाडी उपलब्ध छन् । जसमा अट्टो थ्री (एटीटीओ ३) तीनवटा भेरियन्टमा उपलब्ध छ भने अर्काे एम३ र अल न्यू ई ६ गाडी छ ।

बीवाईडीको एम ३ गाडीको मूल्य ४६ लाख ९५ हजार रहेको छ । यस्तै, अल न्यू ई ६ को मूल्य ५९ लाख रहेको छ । अट्टो थ्रीका भेरियन्टमा एडभान्सको मूल्य ५५ लाख ९९ हजार रहेको छ । यस्तै, अट्टो थ्री पर्फर्मेन्सको मूल्य ८१ लाख ९९ हजार र सुपेरियरको मूल्य ६५ लाख ८८ हजार छ ।

३. हुन्डाई

hyundai-ev-31687147426.jpg

नेपालमा हाल हुन्डाईका चारवटा विद्युतीय गाडी उपलब्ध छन् । जसमा हुन्डाई कोनाअन्तर्गत तीन भेरियन्ट छन् भने अर्काे आयोनिक ५ नेपालमा उपलब्ध छ ।

हुन्डाई कोना एनएसको मूल्य ६० लाख ९६ हजार रहेको छ । यस्तै, कोना जीएलको मूल्य ६१ लाख ९६ हजार रहेको छ भने कोना जीएलएसको मूल्य ६४ लाख ९६ हजार रहेको छ ।

हुन्डाईको आयोनिक ५ जीएलएस भिजन रुफ गाडीको मूल्य एक करोड दुई लाख ९६ हजार रहेको छ ।

४. सिट्रोन

citroen-ev-41687147416.jpg

नेपाली बजारमा सिट्रोनको एउटा विद्युतीय गाडी दुई भेरियन्टमा हाल उपलब्ध छ । सिट्रोन सी ३ लाइभ र सिट्रोन सी ३ फिल एन्ड भाइभ गरी दुई भेरियन्टमा उपलब्ध छ ।

सिट्रोन सी ३ लाइभको मूल्य ३२ लाख ९९ हजार रहेको छ । यस्तै, सिट्रोन सी ३ फिल एन्ड भाइभको मूल्य ३४ लाख ९९ रहेको छ ।

५. एमजी

mg-zs-ev-blue-51687147430.jpg

नेपाली बजारमा अहिले एमजीका दुईवटा विद्युतीय गाडी उपलब्ध छन् । एमजी जेडए ईभी डिलक्सको मूल्य ५२ लाख ९९ हजार रहेको छ । जेडएस ईभी लङ रेन्जको मूल्य ७१ लाख ९९ हजार रहेको छ ।

६. निसान

nissan-ev-Leaf-61687147434.png

निसानको लिफ विद्युतीय गाडी नेपाली बजारमा उपलब्ध छ । निशान लिफको मूल्य नेपाली बजारमा ६४ लाख ९९ हजार रहेको छ ।

७. नेटा भी

neta-ev-71687147432.png

नेपाली बजारमा होजोन अटोको नेटा भी ब्रान्डको गाडी हाल उपलब्ध छ । यसको मूल्य ३७ लाख ९९ हजार रहेको छ ।

८. हेनरी

Henrey-Mincar-81687147419.jpg

नेपालमा हेनरीका मिनकार मोडलअन्तर्गत तीनवटा विद्युतीय गाडी उपलब्ध छन् । एयर ब्यागबिनाको हेनरी मिनकार सिंगल टोनको मूल्य २३ लाख ५० हजार रहेको छ । एयर ब्याग नभएको हेनरी मिनकार डबल टोनको मूल्य २३ लाख ७५ हजार रहेको छ ।

यस्तै, एयर ब्यागसहितको सिंगल टोन गाडीको मूल्य २४ लाख ७५ हजार रहेको छ ।

९.टेस्ला

tesla-ev-nepal91687147437.png

नेपालमा टेस्लाका हाल तीनवटा विद्युतीय गाडी उपलब्ध छन् । टेस्ला मोडल ३ र टेस्ला मोडल वाईअन्तर्गत दुईवटा गाडी छन् ।

टेस्ला मोडल ३ को मूल्य एक करोड ३५ लाख रहेको छ । टेस्ला मोडल वाईअन्तर्गत एउटाको मूल्य एक करोड ९९ लाख छ भने अर्काे एक करोड ८९ लाखमा उपलब्ध छ ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्