देश
काठमाडौं । पछिल्लो चौबीस घण्टामा सबैभन्दा धेरै वर्षा गण्डकी प्रदेशमा भएको छ । गण्डकीको ज्यामिरेबारीमा १५०.३ मिलिमिटर वर्षा भएको छ ।
गण्डकी प्रदेशकै सिकलेसमा १२०.२, लमजुङको खुदीबजारमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
संखुवासभाको नुममा १३०.३ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको कीर्तिपुरमा ३८.४ मिलिमिटर, धापमा ३९.८ मिलिमिटर वर्षा भएको मौसमविद् मानन्धरले जानकारी दिइन ।
आज पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०६:१९
प्रतिक्रिया दिनुहोस्