site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याक
SkywellSkywell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जुनसुकै मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरू ल्याएको छ । ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू संचालनमा ल्याएको हो ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहीबार (जेठ ३२)देखि संचालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिन समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

एक दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालभर कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकहरूले सजिलै एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ५ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र रु ३० मा सूचारू गर्न सक्नेछन् ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले सात दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित १५० रूपैयाँ पर्नेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ४ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक सूचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट, जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu