site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मृग मारेको आरोपमा चारजना पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले मृग मारेको आरोपमा बन्दुकसहित पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ परेका चारजनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय पदम सिलवाल, सोही स्थानका ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरुङ र ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुमन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

ज्वालामुखी गाउँपालिका ४ धौखोला, दोभानटारस्थित रामकृष्ण श्रेष्ठको घरमा गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलमा जंगली मृग मारी हतियारसहित खाजा खाइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाका साथबाट प्रहरीले मृगको घाँटीसहित एक किलो ३५० ग्राम रौ, आलो छाला एक थान, हड्डीसहितको आलो मासु एक किलो ९२५ ग्राम, ४ फिट ३.५ इन्च लम्बाई भएको बरुवा बन्दुक दुई थान, ३.५ इन्च लम्बाई भएको बरुवा बन्दुक एक थान र १६ इन्च लम्बाई भएको धारिलो खुकुरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई धादिङ जिल्ला अदालतबाट हातहतियार, खरखजना मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro