site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङ र कालीकोटमा देखियो दादुरा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङ र कालीकोटमा दादुराका बिरामी फेलापरेका छन् ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले दाङको बंगलाचुली नगरपालिकामा पाँच र कालीकोटको खडाचक्र नगरपालिकामा चारजनामा दादुराको संक्रमण देखिएको जानकारी दिए ।

उनले ती दुवै ठाउँका शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको संक्रमण पुष्टि भएको बताए ।

कालीकोटमा नौ र दाङका आठ शंकास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि, गएको जेठ २४ गते काठमाडौंको गोकर्णेश्वरको एक विद्यालयमा पनि चारजनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा. लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए ।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा प्रकोप देखिएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कुल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगन्जमा दादुराबाट एकजनाको मृत्यु भएको छ । प्रकोप प्रभावित जिल्लामा हालसम्म कुल दुई लाख १५ हजार ५४ जनामा दादुराविरुद्धको खोप लगाइएको छ ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा)मा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लामा १६ लाख ८१ हजार ८५१ बालबालिकामा दादुराविरुद्धको खोप लगाउने लक्ष्य लिइएको महाशाखाका निर्देशक डा. लालले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro