देश
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर छ ।
अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उनको मुटुको चालको निगरानी भइरहेको जनाइएको छ ।
अचानक मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर भर्ना गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १२:००
प्रतिक्रिया दिनुहोस्