site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा गोली हानी दुई महिलाको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित आरके पुरम भन्ने ठाउँमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुई महिलाको ज्यान गएको छ ।

आइतबार बिहान पुरम प्रहरीचौकीनजिकै भएको घटनामा गोली लागेका दुवै महिलालाई अस्पताल पु¥याइएको थियो । तर, उनीहरूको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण–पश्चिम दिल्लीका प्रहरी कमिसनर मनोज सीले प्रहरीलाई बिहान ४ बजेर ४० मिनेट (स्थानीय समय)मा आरके पुरम प्रहरीचौकीबाट फोन आएको बताए । फोन गर्ने व्यक्तिले आफ्नो बहिनीलाई अम्बेडकर बस्तीमा गोली हानिएको जानकारी गराएका थिए ।

प्रहरी टोली घटनास्थलमा पुग्दा पिंकी नामक ३० वर्षीया महिला र ज्योति नाम गरेकी २९ वर्षीया महिलालाई गोली लागेको थियो । उनीहरू दुवैलाई एसजे अस्पतालमा लगिएको थियो । तर, दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

गोली प्रहार गर्नेहरूले ती महिलाका भाइको खोजी गरिरहेको र आर्थिक लेनदेन मुख्य कारण हुन सक्ने आशंका गरिएको छ । तर, अनुसन्धानपछि नै यकिन कारण खुल्ने प्रहरीले जनाएको छ । एएनआईबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement