site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा गर्मीले ३४ को मृत्यु, वृद्धवृद्धालाई घरभित्रै बस्न आग्रह
प्रतीकात्मक तस्बिर।

काठमाडौं । भारतको उत्तर प्रदेशमा अत्यधिक गर्मीको कारण विगत दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

गर्मीका कारण मानिसको ज्यान जान थालेपछि डाक्टरहरूले ६० वर्षमाथिका व्यक्तिलाई दिउँसोको समयमा घरभित्रै बस्न सल्लाह दिएका छन् ।

मृतक सबै ६० वर्षभन्दा माथिका र पहिले नै अन्य स्वास्थ्य समस्या रहेका व्यक्ति भएको बताइएको छ ।

Dabur Nepal
NIC Asia

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको बलिया जिल्लामा मृत्युको घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

बलियाका जिल्लाका प्रमुख मेडिकल अफिसर जयन्त कुमारले बिहीबार २३ जनाको मृत्यु भएको र शुक्रबार अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएको पोस्टले लेखेको छ ।

उनले भने, "सबै व्यक्तिहरू केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरूको अवस्था बिग्रियो ।"

अधिकांशको मृत्यु हृदयघात, ब्रेन स्ट्रोक र झाडापखालाका कारण भएको उनको भनाइ छ ।

अर्का मेडिकल अफिसर दिवाकर सिंहले ती व्यक्तिहरूलाई गम्भीर अवस्थामा बलियाको मुख्य अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

भारतीय मौसम विभागको तथ्याङ्कले बलियामा शुक्रबार अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस रहेको जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले राज्यमा बिजुली आपूर्ति सुनिश्चित गर्न सबै काम गरिरहेको बताएका छन् । उनले सरकारलाई सहयोग गर्न र विद्युतको प्रयोग उचित तरिकाले गर्न आग्रह गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro