राजनीति
जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत वितरण गर्दै आएको साइकल वितरण कार्यक्रमलाई निरन्तरता नदिने भएको छ । प्रदेशसभामा अर्थमन्त्री सञ्जय यादवले प्रस्तुत गर्दै सो कार्यक्रमलाई ‘ब्रेक’ गरेको हो ।
मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी र कक्षा आठदेखि १२ सम्मको छात्राको लागि मासिक सेनेटरी प्याड वितरण गर्ने कार्यक्रममात्रै प्रस्तुत गरेका छन् ।
सरकारको यो कार्यक्रम पहिलो कार्यकालमा विवादित बनेको थियो । अख्तियारले साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै कर्मचारीमाथि मुद्दा नै दायर गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १९:३८
प्रतिक्रिया दिनुहोस्