काठमाडौं । काठमाडौं महानगरले रिङरोड क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाएको छ ।
आज काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चाबहिल, बल्खुसहितका स्थानमा पुगेर अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर हटाएको हो ।
महानगर प्रहरीले टिकट बिक्रीका लागि लागिएका बोर्ड ब्यानर पनि हटाएको छ ।
महानगरपालिकाले उपत्यकाको सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दुरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अबदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क पछाडि पार्किङ र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ ।