site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ महिनामा पौने १२ खर्ब खर्च, आठ खर्ब ८० अर्ब आम्दानी
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० सकिन एक महिना बाँकी छ । एक महिना बाँकी रहँदा सरकारले गर्ने खर्च ११ खर्ब ७६ अर्ब ६ करोड रूपैयाँ पुगेको छ भने आम्दानी आठ खर्ब ८० अर्ब ३८ करोड भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार खर्च लक्ष्यको ६५.५६ प्रतिशत भएको छ । आम्दानी भने लक्ष्यको ६० प्रतिशत प्राप्त भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा चालु, पुँजीगत र वित्त व्यवस्थापन गरी १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । त्यस्तै राजस्व, सहायता र अन्य प्राप्तिबाट १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ संकलन (आम्दानी) गर्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा सरकारले लक्ष्यअनुसार खर्च र आम्दानी गर्न सकेको छैन । त्यसमा पनि पुँजीगत खर्चतर्फ त सरकारले प्रयाप्त खर्च गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । जेठ ३२ गतेसम्म एक खर्ब ५३ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro