site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका हलमा निर्वाध प्रदर्शनमा ‘आदिपुरुष’
SkywellSkywell

काठमाडौं । काठमाडौंका सिनेमा हलमा पनि हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ रिलिज भएको छ । ‘आदिपुरुष’ काठमाडौंमा बिहानको शो नचले पनि दिउँसोबाट प्रदर्शनमा आएको हो । 

नेपालकै सर्वाधिक ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले आज बिहानको शो ‘आदिपुरुष’ प्रदर्शन गरेको थिएन । अहिलेकै अवस्थामा ‘आदिपुरुष’ रिलिज गर्न नसकिने क्यूएफएक्सले बिहानको शोमा यो सिनेमा प्रदर्शन रोकेको थियो । 

“बिहान हामीले के गर्ने, दर्शकको मनोविज्ञान के छ भनेर एक शो चलाएनौं । सुरक्षाका हिसाबले के कस्तो हुन्छ भन्ने थियो । तर, अवस्था सामान्य हुने देखिएपछि हामीले बिहानको एक शो पनि चलचित्र रिलिज गर्यौं,” क्यूएफएक्सका सञ्चालक मध्येका एक भाष्कर ढुंगानाले बाह्रखरीसँग भने, “बिहान पनि काठमाडौंका सबै हलले होइन केही हलले मात्रै नचलाएका हुन् । अहिले काठमाडौंसहित देशभर सामान्य रूपमा चलचित्र चलिरहेको छ ।” 

KFC Island Ad
NIC Asia

क्यूएफएक्स, बिग मूभिज, आइएनआई, वान सिनेमाजसहित मल्टिप्लेक्सले बिहानी शो मा सिनेमा नचलाएका हुन् । चलचित्र संघले सर्कुलर नै जारी गरेको थियो । संघले बैठक बसेर निर्णय गर्ने बताएको थियो । तर, अवस्था सामान्य देखिएपछि बैठक पनि अनौपचारिक रूपमा मात्रै बसेको ढुंगानाले जानकारी दिए । 

बिहान भने बुकिङ खुला गरिसकेको क्यूएफएक्सले सुरक्षाको कारण देखाउँदै ‘आदिपुरुष’ रिलिज नगर्ने घोषणा गरेको थियो ।  उसले बिक्री भइसकेका टिकटको पैसा दर्शकलाई फिर्ता गर्न तयार रहेको जनाएको थियो ।  

“हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमा घरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौँ,” क्यूएफएक्सले सूचना निकाल्दै स्पष्ट पारेको थियो, “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौँ । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौँ ।” 

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दावली नसच्याएपछि यसलाई लिएर विवाद सिर्जना भएको थियो ।

सेन्सर बोर्डले पनि सेन्सर रोकेको थियो । यो शब्दावलीमा बिप नहालेसम्म सेन्सरले प्रदर्शनका लागि अनुमति पत्र नदिने बताएको थियो । उक्त संवाद हटाउने सहमतिपछि अबेर राति सेन्सर बोर्डले सिनेमालाई रिलिजका लागि सेन्सर पासको सर्टिफिकेट दिएको थियो ।  

काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएको थियो । त्यसैले क्यूएफएक्सले सुरक्षाको कारण देखाउँदै सरकारी धारणा माग गरेको थियो । तर, अवस्था सामान्य देखिएपछि क्यूएफएक्सले ‘आदिपुरुष’ प्रदर्शन गरेको हो ।  

मेयर बालेन शाहले तीन दिनभित्र सिनेमामा भएको शब्दावली सच्याउन माग गरेका थिए । नेपालमा मात्र नभएर भारतमासमेत यसलाई सच्चिनुपर्ने उनको माग थियो ।  

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,”  बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले लेखेका थिए, “यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।” 

टाइम्स अफ इन्डियाले ‘आदिपुरुष’लाई लिएर नेपालमा भएको विवादलाई लिएर खबर छापेको छ । टाइम्स अफ इन्डियाले मेयर बालेनले उठाएको माग, उनले दिएको धम्की र सेन्सरबोर्डले उक्त विवादित संवाद हटाउने सहमतिपछि मात्रै सेन्सर पास भएको खबर छापेको छ । 

ओम राउतले निर्देशन गरेको चलचित्रमा प्रभास रामको भूमिकामा छन् । सैफअली खान रावणको भूमिकामा छन् । कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् । 

‘आदिपुरुष’ ५०० करोडमा बनेको हो । यो सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro