काठमाडौं । सांसद ईश्वरी घर्तीले ‘राजनीतिक र ठूला मुद्दा ‘सेटिङ’बाट फैसला हुन्छ भन्ने छ, खास कुरा के हो ?’ भन्दै प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न गरेकी छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीलाई प्रश्न गरिएको हो ।
उनले अर्को प्रश्न गरिन्, “अदालतमा बिचौलिया हुन्छन् भन्ने सुनिन्छ, साँच्चिकै बिचौलिया हुनेछन् भने कार्ययोजनामा पुष्टि गर्नुभएको छ, दबदबा हुने कुरा पाएँ । साँच्चै हुन्छन् भने को हुन् बिचौलिया ? कानुन व्यवसायी, दलनिकट हुन् कि अरू कोही ?”
सांसदहरूका प्रश्नपछि कार्कीले जवाफ दिन सुरु गरेका छन् । आफूले अवधारणा र कार्ययोजनालाई अघि बढाउन पुष्टि गर्ने थलोका रूपमा संसदीय सुनुवाइ समितिलाई लिएको उनले बताए ।