site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘जय हो’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय हो’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । भदौ ८ गते  प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले आज दुईवटा फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । 

चलचित्रका सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये एउटा पोस्टरमा केही व्याक्ति घोडामा आइरहेका छन् भने उनीहरुलाई रोक्न सिनेमाका मुख्य पात्रले तिर चलाइरहेको देखिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारी मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन् ।  सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिँदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ । 

चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्